images
images

आफ्नो भारत भ्रमणबारे कनिकुथी विरोध गर्नु उचित नभएको प्रधानमन्त्री दाहालको भनाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ले आफ्नो भारत भ्रमणबारे कनिकुथी विरोध गर्नु उचित नभएको बताउनु भएको छ ।

हुन बाँकि सहमतीलाई पनि बिगार्ने र नेपाललाई नै कमजोर बनाउने गरी आफ्नो भारत भ्रमणको सकिनसकि विरोध गर्ने तरिका उचित नभएको प्रधानमन्त्री दाहालको तर्क थियो । बुधबार राष्ट्रियसभा बैठकमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले आफूले भारतसँग गरेका सहमतिका लागि राष्ट्रिय एकता प्रर्दशन गर्न पनि सबै पार्टीलाई आग्रह गर्नुभयो ।

प्रधानमन्त्री दाहालले आफूले भारतीय पक्षसँग कालापानी क्षेत्र साट्ने प्रस्ताव नगरेको पनि दोहोर्‍याउनु भयो । बरु बंगलादेश जाने बाटोको विकल्पबारे पनि नेपालका केही बुद्धिजीविहरुले छलफलमा ल्याएको कुरा आफूले नेपाली पत्रकारहरुसँगको कुराकानी गरेको उहाँको स्पष्टिकरण थियो ।

प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलो पटक दुई मुलुकबीचको सीमा समस्या समाधान गर्ने भनेर दिएको सार्वजनिक अभिव्यक्ति नेपालको लागि ठूलो कुरा भएको बताउनु भयो ।

उहाँले आफूले भारत भ्रमणको क्रममा मुलुकको समृद्धिका लागि नयाँ ढोका खोलेको दावी समेत गर्नु भयो ।प्रधानमन्त्री दाहालले आफूले भारत भ्रमणको क्रममा खर्बौको लगानी भित्र्याउने गरी सहमती गरेको जिकीर समेत गर्नु भयो ।