images

कांग्रेसको संयुक्त बैठक सानेपामा सुरु

काठमाडौं :  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु भएको हो। कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै संघीय संसदका दुवै सदनमा वेल घेराउ गरी नारबाजी गर्दै आएको छ। संसदीय समिति गठनमा सहमति भइसके पनि त्यसको कार्यादेश टुंगिन सकेको छैन।

कांग्रेसले गृहमन्त्री लामिछानेको नाम नै उल्लेख गरी छानबिन गर्नुपर्ने अडान राखिरहेको छ भने सत्ता पक्षले समग्र सहकारीको समस्या समाधान गर्नुपर्ने भन्दै आएको छ। प्रतिपक्षीको वेल घेराउ र नारबाजीका बीच सरकारले संसदका कामकारबाही अघि बढाएपछि अब कसरी प्रस्तुत हुने भन्ने रणनीति कांग्रेसले आजको बैठकबाट तय गर्नेछ।