images

बालुवाटारमा कांग्रे‍स र सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक

काठमाडौँ – संसद्‌को गतिरोध हटाउने विषयमा छलफल गर्न प्रमुख दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित सत्तारुढ दलका नेताहरु छलफलमा जुटेका हुन्।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेस नेताहरु गगन थापा, कृष्ण सिटौला, रमेश लेखकलगायत सहभागी छन्।

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेशबारे बैठक केन्द्रित हुने बताइएको छ। प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै संसद् अवरुद्ध गर्दै आएको छ।

शुक्रबार बिहान बसेको कार्यदलको बैठकमा सहकारी प्रकरणको संसदीय छानबिन समितिको कार्यादेश सहमतिनजिक पुगेको दाबी गरिएको थियो। शीर्ष नेताको बैठकले कार्यादेशलाई अन्तिम रुप दिन पहल गर्ने बताइएको छ।