images
images

नेपाली काँग्रेसका केन्द्रीय सदस्य, पूर्व सांसद तथा जिल्ला सभापति सहित सयौँ नेता, कार्यकर्ता एमाले प्रवेश

सुनसरी ।  पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री, संविधान सभा सदस्य तथा नेपाली काँग्रेस पूर्व केन्द्रीय सदस्य सुमित्रा कुमारी विश्वास नेकपा एमालेका प्रवेश गरेकी छिन् ।

नेपाल कम्युनिस्ट पार्टी एमाले नगर कमिटी दुहबीले आयोजना गरेको भेटघाट तथा वृहत् पार्टी प्रवेश कार्यक्रममा सुनसरीका सयौँ जना नेता तथा कार्यकर्ता नेकपा एमाले पार्टी प्रवेश गरेका हुन् । त्यस कार्यक्रममा पूर्व मन्त्री विश्वास, नेपाली काँग्रेस सुनसरीका पूर्व जिल्ला सभापति प्रदीप कुमार चौधरी सहित सयौँ नेता तथा कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका हुन् ।  नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री  केपी शर्मा ओली तथा नेकपा एमालेकी केन्द्रीय सदस्य तथा महिला बालबालिका,  ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र नेकपा एमालेका केन्द्रीय सचिव कोशी प्रदेश इन्चार्ज एवं नेपाल सरकारका उप-प्रधानमन्त्री  तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ लगायत एमालेका प्रतिनिधिहरूले उनीहरूलाई पार्टी प्रवेश गराएका थिए ।

लगायत पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गरेका हुन् ।  कार्यक्रमका प्रमुख अतिथि रहेका नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले नयाँ प्रतिनिधिहरूले नयाँ एजेन्डा लिएर सत्यको पक्षमा रहेर जनताको हकहितमा लाग्न सुझाव दिए । एक आपसमा जोडिएर यसले व्यवसायले पनि सहयोग पुग्ने उनको भनाइ थियो । नेकपा एमालेले सुशासनको काम गर्ने बताए ।   ओलीले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गर्दै नेकपा एमाले देशकै ठुलो र लोकतान्त्रिक पार्टी भएको बताए उनले भने नेकपा एमाले मात्रै यस्तो पार्टी हो जसले आफ्ना कार्यकर्ताको भावना र मर्का सुन्छ, बुझ्छ, फरक प्रसङ्गमा ओलीले अहिले काँग्रेस रविको पछि हात धोएर पछाडि लागेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

विभिन्न पार्टी परित्याग गरी आएका  प्रतिनिधिले जनताको हकहितमा काम गर्ने छन् र लोकतन्त्र र गणतन्त्रको लागि लड्ने नेपाल कम्युनिस्ट पार्टी एमाले नगर कमिटी दुहबीका अध्यक्ष बाबुराम बजगाईँले बताए ।  जुन पार्टीमा लोकतन्त्र र गणतन्त्रको स्थापना हुँदैन त्यो पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेको पार्टी प्रवेशका कार्यकर्ताले बताएका छन् । दुहबीमा आयोजित एक कार्यक्रमका बिच नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी ओली ले टिका तथा खादा लगाएर उनीहरूलाई पार्टी प्रवेश गराएका हुन् ।

पार्टी प्रवेश कार्यक्रम मा बोल्दै पूर्व राज्य मन्त्री विश्वासले आफू जस्ता धेरै नेता तथा कार्यकर्ता नेपाली काँग्रेसमा रहेको तर सबै पीडित भएर बसेको बताइन उनले भनिन परिवार वाद हाबी भयो, नेपाली काँग्रेसमा बस्ने वातावरण भएन र हामीले विद्रोह गर्यौँ, परिवार वादको अत्याचार अन्त्य, लोकतन्त्र र गणतन्त्र रक्षाको निम्ति नेकपा एमाले प्रवेश गरेको बताइन ।