images
images

ग्रेटर नेपालको नक्सा मेयर बालेनको कार्यकक्षमा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन्।

बिहीबार सभा गृहस्थित रहेको मेयरको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको हो । नेपालको नक्सा पुरानो भइसकेको हुँदा ग्रेटर नेपालको नक्सा राखी पुनः स्थापना गरिएको बताइएको छ ।

भारतको नयाँ संसद भवनमा ग्रेटर इन्डियाको नक्सा राखेपछि बालेनको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको हो ।

मेयर बालेन शाह भने अहिले भारतको बैंगलुरूमा छन‍्‍।