images
images

बदलिन र बदल्न, सच्चिन र सच्याउनुपर्ने थुप्रै विषय छन् : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले व्यवस्थासँगै अवस्था बदलिन नसक्दा निराशा र आक्रोश बढेको बताएका छन्। उनले यसमा व्यवस्थाको नभई व्यवस्था चलाउने पात्र र प्रवृत्तिको दोष रहेको औँल्याएका छन्।

सामाजिक सञ्जालमार्फत गणतन्त्र दिवसको शुभकामना सन्देश जारी गर्दै महामन्त्री थापाले बदलिन, बदल्न, सच्चिन र सच्याउनुपर्ने थुप्रै विषय रहेको उल्लेख गरेका छन्।

उनले भनेका छन्, ‘२०६२।०६३ को ऐतिहासिक जनआन्दोलनको बलमा २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको त्यो क्षण ! आज १७औं गणतन्त्र ! व्यवस्था सँगै अवस्था बदलिन नसक्दा निश्चय नै निराशा र आक्रोश बढेको छ। दोष व्यवस्थाको होइन‚ व्यवस्था चलाउने पात्र र प्रवृत्तिको हो। बदलिन र बदल्न, सच्चिन र सच्याउनुपर्ने थुप्रै विषय छन्। आशा र भरोसाका लागि डेलिभरी दिनुपर्नेछ, थिति बसाल्नुपर्नेछ। समीक्षा र प्रण गरौं।’

अहिलेको व्यवस्थामाथि आगो सल्काउन खोज्नेहरूप्रति सचेत रहेर लोकतान्त्रिक गणतन्त्रलाई थप उन्नत र देशलाई समुन्नत बनाउन लाग्नुपर्ने पनि उनले औँल्याएका छन्।