images
images

१८ खर्ब ६० अर्ब ३१ करोडको बजेट प्रस्तुत, ५ खर्ब ४७ अर्ब घाटा [पूर्णपाठ]

यो चालु आवको तुलनामा ६.२ प्रतिशतले धेरै हो। यो संशोधित बजेटभन्दा २१.५६ प्रतिशत धेरै हो। यस वर्ष सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएको थियो।

सरकारले चालु बजेट ११ खर्ब ४० अर्ब ६६ करोड विनियोजन गरेको छ। यो कुल विनियोजनको ६१.३१ प्रतिशत हो। पूँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड विनियोजन भएको छ। यो कुल बजेटको १८.९४ प्रतिशत हो। वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब १८ करोड विनियोजन भएको छ। यो कुल बजेटको १९.७४ प्रतिशत हो।

सरकारले आगामी आर्थिक वर्षका लागि झण्डै साढे ५ खर्ब रुपैयाँ बराबरको घाटाको बजेट ल्याएको छ। चालु आर्थिक वर्षको तुलनामा ६.२ प्रतिशतले ठूलो आकारको बजेट ल्याएको सरकारले ५ खर्ब ४७ अर्ब ६७ करोड रुपैयाँको घाटाको बजेट ल्याएको हो।