images
images

साउदी अरब :शैक्षिक प्रमाणपत्र पेश गर्ने पर्ने निर्णयको व्यवसायद्वारा बिरोध

काठमाडौँ । वैदेशिक रोजगारीका लागि साउदी अरब जाने नेपाली श्रमिकले अनिवार्य रूपमा शैक्षिक प्रमाणपत्र पेश गर्नुपर्न भए पछी व्यवसायीहरूले  यसको विरोध स्वरूप उक्त निर्णय खारेजी को माग गरेका छन्।

आज मन्त्रालयमा वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी को टोलिले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई ज्ञापनपत्र बुझाउँदै उक्त कार्य रोक्न माग गरेका हुन्।

नेपालस्थित साउदी दूतावासले भिसा प्रयोजनका लागि एसएलसी पास गरेको प्रमाणपत्र अनिवार्य गर्न लागेको हो। १२ जुनदेखि भिसा जारी गर्न अनिवार्य एसएलसी पास गरेको प्रमाणपत्र पेश गर्नुपर्ने जनाएको छ । कामदारको भिसा प्रक्रियामा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सो प्रमाणपत्र परराष्ट्र मन्त्रालय अन्तरगत कन्सुलर सेवा विभागबाट प्रमाणित गरी पुनः साउदी दूतावासबाट प्रमाणीकरण गर्नुपर्ने भएको हो ।

दूतावासले भिसा सेन्टर खोल्न नदिएको रिसमा कामदारमाथि कडाइ गर्न लागेको व्यवसायीहरूको अर्को आरोप छ। साउदी दूतावासले नेपालमा भिसा सेन्टर खोल्न लागेको छ। उक्त कार्यको चौतर्फी विरोध भएपछि सरकारले तत्काल उक्त कार्य स्थगन गर्न भनेको छ।

नेपालबाट खाडीका लगायत  देशहरू तथा मलेसियामा जाने कामदार प्रायः अदक्ष कामदार जाने भएको हुँदा अन्य मुलुकहरूमा शैक्षिक प्रमाणपत्रको आवश्यक नहुने उनहरुको भनाइ  छ।