images
images

किसान मैत्री भरतपुर महानगर :दूधमा अनुदान अन्तर्गत ६ करोड १२ लाख

काठमाडौँ । भरतपुर महानगरपालिकाले दुग्ध कृषकहरूलाई अनुदान हस्तान्तरण गरेको छ ।

बिहीबार एक कार्यक्रमका बीच महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानाले कृषकलाई संयुक्त रूपमा चेक हस्तान्तरण गरेका हुन् ।

आर्थिक वर्ष ०७९/०८० दुग्ध सहकारीमा आबद्ध कृषकहरूले सङ्कलन गरेको २ करोड ४ लाख लिटरको प्रति लिटर रु. ३ रुपैयाँका दरले रु ६ करोड १२ लाख रुपैयाँ हस्तान्तरण गरिएको हो ।

आर्थिक वर्ष ०७४/०७५ बाट भरतपुर महानगरपालिकाले दूधमा नेपालमै पहिलो पटक अनुदान दिन सुरु गरेको थियो ।