काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले मानव समाजलाई यहाँसम्म पुर्याउन महिलाको सबैभन्दा बढी योगदान रहेको बताएका छन् ।
एमाले राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
उनले केही शारीरिक रुपमा भिन्नता भएपनि अरु सबै कुरामा समान भएको बताए । उनले मानव जातिलाई हुर्काउने दायित्व पनि महिलाको हातमा भएको बताएका हुन् ।
‘एमाले यहाँसम्म पुग्नुमा महिलाको हात छ । निर्वाचनपछि टर्च बालेर एमालेलाई खोज्नुपर्छ भन्नेहरुलाई अब निर्वाचनपछी टर्च बालेर खोज्नुपर्छ । उनले भने आत्मानिर्भर बन्न नयाँ क्षमता खोज्यौ। घर फर्किएपछि नयाँ चिज केही गरौँ । साना कामबाट नयाँ काम गरौँ । म सबैलाई भन्न चाहन्छु ।’