images

सुरू भयो एमालेको राष्ट्रिय महिला भेला, पूर्वराष्ट्रपति भण्डारीद्वारा उद्घाटन

काठमाडौँ । नेकपा (एमाले) जनसङ्गठन समन्वय संयन्त्रले आयोजना गरेको महिला भेला काठमाडौँ, कमलादीस्थित प्रज्ञा भवनमा सुरु भएको छ।

बिहीबारसम्म चल्ने भेलाको उद्घाटन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी छन्। उद्घाटन सत्र प्रज्ञा भवनमा र बन्द सत्र कार्की बैंक्वेट बबरमहलमा हुने एमाले स्थायी कमिटी भानुभक्त ढकालले जानकारी दिए।

२०६३ साल जेठ १६ गते तत्कालीन पुनर्स्थापित प्रतिनिधि सभाले आमाको नामबाट नागरिकता, राज्यका सबै तहमा एक तिहाइ महिला सहभागिताको सुनिश्चितता, विभेदकारी कानुनको खारेजी र महिला हिंसाको अन्त्य गर्ने विषयलाई संसदको सङ्कल्प प्रस्तावको रूपमा पास गरेको थियो।

संसदको यही सङ्कल्पले २०७२ को संविधानमा महिला अधिकारका विषयहरूलाई मौलिक हकमै उल्लेख गर्ने आधार प्रदान गरेको थियो। नेपाल सरकारले जेठ १६ लाई राष्ट्रिय महिला अधिकार दिवस घोषणा गरी मनाउँदै आएको छ ।