images

राष्ट्रिय परीक्षा बोर्डको सदस्यसचिवमा जंगबहादुर अर्याल नियुक्त

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिवमा जंगबहादुर अर्याल नियुक्त भएका छन्। बुधबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले अर्याललाई बोर्डको सदस्यसचिव नियुक्त गरेकी हुन्।

अर्याल यसअघि बोर्डको प्रशासन महाशाखा प्रमुख थिए। सदस्य सचिवमा नियुक्त भएपछि उनले अध्यक्ष र बोर्डका अन्य पदाधिकारीसँग मिलेर विभिन्न कार्यक्रम दृढतापूर्वक कार्यान्वयन गर्ने जानकारी दिए।

यसअघिका बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालको कार्यकाल सकिएपछि सदस्यसचिव पद रिक्त थियो।