images

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे नेता खनाल

काठमाडौं :  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र  नेकपा एकीकृत समाजवादीका सम्मानित  नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री दाहाल र नेता खनालबीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको हो। प्रधानमन्त्री दाहाल र नेता खनालबीच झन्डै १ घण्टा भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

नेता खनालले देशको पछिल्लो समसामयिक राजनीतिबारे छलफल भएको प्रतिक्रिया बताएका छन्।  सरकार परिवर्तनको चर्चाका बीच नेता खनाल प्रधानमन्त्री दाहाललाई भेट्न बालुवाटार पुग्नुभएको हो।

हिजो साँझ मात्र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग बुढानीलकण्ठमा भेटवार्ता गरेका थिए।