सन्दीप लामिछानेलाई अमेरिकाले दोस्रो पटक पनि दिएन भिसा

काठमाडौं । नेपालका क्रिकेटर सन्दीप लामिछानेलाई दोस्रो पटक पनि भिसा दिन अस्वीकार गरेको छ ।

आज बिहीबार अमेरिकी दूतावासले नै बोलाएर पुनः अन्तर्वार्ता दिन दूतावास पुगेका लामिछानेलाई भिसा दिन पुनः अस्वीकार गरेको हो ।

टी–२० विश्वकप क्रिकेट खेल्न उनले दिएको आवेदन यसअघि पनि अस्वीकार भएको थियो । पहिलोपटकको अस्वीकारपछि तीव्र आलोचना खेपेको दूतावासले पुनः आज अन्तर्वार्ताका लागि बेलाएको थियो ।