images

ऐतिहासिक गोरखा दरबारको तुरुन्त मर्मत संहार गर्न सांसद एकनाथ ढकालको माग

ऐतिहासिक गोरखा दरबारको तुरुन्त मर्मत संहार गर्न सांसद एकनाथ ढकालले माग गर्नु भएको छ।

शुक्रवार सिंहदरबारमा बसेको अन्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै सांसद ढकालले गोरखा बजार भन्दा माथि पहाडको टुप्पामा रहेको गोरखा दरबारको गोरखा दरबारको मर्मतसंहार नहुदा छत वाट पानि चुहिएर दरबार जिर्ण बन्दै गएको र यस भित्र रहेका एतिहाँसिक दस्ताबेज हरुसमेत जोखिममा परेको भन्दै दरवारको छानो तुरुन्त मर्मत गर्ने व्यवस्था मिलाउन बैठकमा उपस्थित पर्यटन तथा संकृति मन्त्रि हितबहादुर तामाङ संग आग्रह गरे। प्रधानमन्त्री प्रचण्ड समेत यस बिषयमा जानकार रहनु भएको ढकालको भनाइ थियो।

गोरखा गृह जिल्ला समेत रहेका सांसद ढकालले गोरखा दरवारको पस्चिम दिशामा देवी गोरखकालीको मन्दिर रहेको, सोहि स्थानमा रहेको एउटा पुरानो गुफामा बाबा गोरखनाथको मुर्ति रहेको उल्लेख गर्दै नेपाल एकीकरणमा महत्त्वपूर्ण योगदान पुर्याएका राजा पृथ्वी नारायण शाहको सन् १७२३ मा जन्म भएको यो दरबार नेपालको महत्त्वपुर्ण ऐतिहासिक स्थल भएको संसदीय समितिलाई स्मरण गराए ।

साथै पूर्व मन्त्रि समेत रहेका ढकालले देशभरिका विश्व सम्पदा सुचिमा रहेका ऐतिहाँसिक, धार्मिक तथा पुरातात्विक स्थलहरुको समेत मर्मत संहार तथा जिणोदार गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिन समितिको ध्यानाकर्षण गराए । सांसद ढकालको मागलाई सम्बोधन गर्दै मन्त्रि तामाङले आबस्यक समन्न्वयन गरेरे मर्मत कार्य अघि बढाउने प्रतिबद्धता ब्यक्त गर्नु भयो।

अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले सुक्रबारको बैठकमा अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०७७ सर्वसम्मत रूपमा पारित गरेको छ ।