भलिबलको लागि आवासीय कभर्ड हल बनाउने छौँः मन्त्री श्रेष्ठ

काठमाडौँ – युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले भलिबलको लागि आवासीय कबर्ड हल बनाउने बताएका छन्।

शनिबारबाट काठमाडौँमा सुरु भएको आठौं एनभिए महिला तथा पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उनले आगामी आर्थिक वर्षमा भलिबलको लागि एउटा आवासीय कबर्ड हल बनाउन कुरामा छलफल भइरहेको बताए।

उनले नेपालमा भलिबल खेलको निकै ठूलो सम्भावना रहेको बताए। उनले भलिबलको लागि राम्रो कभर्ड हल बनाउने चुनौती अहिले रहेको बताए।

उनले भने, ‘यही बजेटमा पनि, यही नीति तथा कार्यक्रममा पनि भलिबलको लागि एउटा गन्तव्यको रुपमा विकास गर्न खोजेको तर जग्गा प्राप्तिका यावत समस्याहरुले सकेका छैनौँ। यहीपाली भलिबलको लागि एउटा आवासीय कभर्ड हल बनाउन हामी सबै मिलेर सक्छौँ कि भन्नेमा आशावादी छु।’