पर्यटनमन्त्री तामाङले गरे चाइना साउर्दनका क्याबिन क्रुहरूलाई विमानस्थलमा स्वागत

संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री हितबहादुर तामाङले चाइना साउर्दनका प्रतिनिधिलाई विमानस्थलमा स्वागत गरेका छन्।

शनिबार मन्त्री तामाङ र चाइना साउर्दन विमान कम्पनीको नेपालस्थित प्रतिनिधिले चीनको गोन्जाउबाट काठमाडौं उडानको आधिकारिक थप उडानको क्याबिन क्रुहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन्।

मन्त्री तामाङले आगामी दिनमा चाइना साउर्दन विमानको व्यावसायिक उडान थप विश्वासिलो, सुरक्षित बनाउन अझै प्रभावकारिता अभिवृद्धि गर्दै पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे।