images
images

सचिब हरु को सरुवा: श्रममा केबल भण्डारी

काठमाडौँ । सरकारले  केही सचिवको सरुवा गरेको छ । अघिल्लो मन्त्रिपरिषद् बैठकले श्रम, योजना आयोग,खानेपानी, उद्योगलगायत मन्त्रालयका सचिवहरूको सरुवा गरेको हो ।

उच्च श्रोत अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव एकनारायण अर्यालको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ भने श्रममा राष्ट्रिय योजना आयोगका सचिव केबल भण्डारीलाई पठाइएको छ ।

यसैगरी खानेपानी मन्त्रालयका सचिव मणिराम गेलाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र त्यहाँका सचिव रामआधार साहलाई खानेपानीमा पठाइएको छ ।

यसबाहेक पनि थप केही सचिवको सरुवा हुन सक्ने जनाइएको छ । पछिल्लो समय सरुवालाई लिएर आलोचना हुँदै आएको छ । क्याडर र कामको आधारमा भन्दा मन्त्रीको चाह र केही इन्ट्रेस्ट ग्रुपको सेटिङमा सरुवा सुची बन्ने गरेको चर्चा  छ ।