images

सहकारी ठगलाई कारबाही नगरेमा लोकतन्त्र र गणतन्त्रको कुनै औचित्य छैनः अध्यक्ष केसी

काठमाडौं- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारी ठगहरुलाई कारबाही नगरेमा लोकतन्त्र र गणतन्त्रको कुनै औचित्य नभएको बताएका छन्।

आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै अध्यक्ष केसीले सहकारी ठगहरूलाई जोगाएमा गणतन्त्र र लोकतन्त्रको कुनै औचित्य नभएको बताएका हुन्।

उनले छानविनका लागि बनाएको संसदीय समितिले पनि दोषिलाई उम्काउने देखिएको भन्दै दुधको दुध पानीको पानी हुनेगरी छानविन गर्नुपर्ने बताए।

उनले सहकारी ठगलाई जनताले देख्नेगरी कारबाही गर्नुपर्ने पनि बताए।

सांसद केसीले राज्यसत्ताको निर्णायक तहमा बसेको व्यक्तिले नै संसदको रोष्टमबाट बोलेर अरूलाई दोषी देखाएर आफ्नो कर्तुत जोगाउन लागेकाे पनि बताए।