images

बालमन्दिर, बाँसबारी र टीकापुर र गिरीबन्धुलगायत सबैको फाइल खोल्छौँ : रास्वपा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गिरीबन्धु प्रकरणमा सार्वजनिक भएका अनियमितता तथा भ्रष्टाचार प्रकरणका फाइल खोल्ने बताएको छ। आइतबारको प्रतिनिधिसभामा पार्टीका तर्फबाट बोल्दै रास्वपाका सहप्रवक्ता तथा सांसद मनीष झाले बालमन्दिरको जग्गा, बाँसबारीको जग्गा र टीकापुर जग्गा प्रकरण लगायतका फाइल पनि खोल्ने बताए।

‘बालमन्दिरको जग्गा, बाँसबारी जग्गा, टीकापुरको जग्गा, भुटानी शरणार्थी, गिरिबन्धु र टेरामक्स यो सबैको फाइल हामी खोल्न चाहन्छौं’ उनले भने। विगतमा यी विषयमा किन फाइल खोलिएन भनेर खोजी गर्दा फाइल नै नबनेको पाइएको उनले दाबी गरे।