images

कोरियन एअरलाइन्सले लिदै आएको महँगो हवाई भाडा बारे छानबिन गर्न सांसद एकनाथ ढकालको माग

संघिय सांसद तथा अन्तराष्ट्रिय सम्बन्ध समिति सदस्य एकनाथ ढकालले कोरियन एअरलाइन्सले नेपालको उडानमा लिदै आएको महँगो हवाई भाडा बारे छानबिन गर्न माग गरेका छन्।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद ढकालले नेपालको राम्रो उडान गन्तव्यको रुपमा रहेको दक्षिण कोरिया उडानमा वर्षौंदेखि नेपाल वायुसेवा निगमलाई वञ्चित गरिएका कारण नेपाल एयरलाइन्सले घाटा बेहोर्नु परेको बताए। ढकालले कोरियन विमान नेपाल आउने तर नेपालको विमान कोरिया जान नपाउने विभेदको अवस्था किन भयो भन्ने प्रश्न अनुतरित रहेको बताए।

कोरियाबाट भारतको नयाँ दिल्लीका लागिभन्दा नेपालका लागि चर्को भाडादर राखिएको छ, जसको सिधा असर कोरियामा नेपालबाट रोजगारीमा जाने र फर्किने श्रमिकमाथि परेको छ छ भन्दै सांसद ढकालले पर्यटन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण वा वायुसेवा निगम कसको बदमासीले गर्दा यस्तो भएको हो भन्नेबारे सम्बन्धित मन्त्रालयको धारणा पनि आयोस र सम्बन्धित संसदीय समितिले पनि आबस्यक छानबिन गरोस भनि सभामुख मार्फत सरोकारवाला निकायको ध्यानाकर्षण गरेका छन्।