images
images

रोमानिया र माल्टा कामदार पठाउन खोज्ने कन्सल्टेन्सीमा विभागको छापा

काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि रोमानिया र माल्टा लगायतका देशमा कामदार पठाउन खोज्ने कन्सल्टेन्सीमा छापा मारेको छ ।

वैदेशिक रोजगार विभागको टोलीले सामाजिक सञ्जालमा गरिएको विज्ञापनको आधारमा कलंकीस्थित युनिम्याक्स एजुकेसन कन्सल्टेन्सी प्रालिमा विभागको टोलीले बिहीबार छापा मारेको हो । सामाजिक सञ्जालमार्फत वैदेशिक रोजगारका लागि भन्दै विज्ञापन गरिएको थियो । सोही आधारमा छापा मारेर तीन थान ल्यापटप,  २० थान स्क्यानिङ पासपोर्ट, तीन थान डिमान्ड लेटर लगायतका कागजात जफत गरिएको विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीले जानकारी दिए ।

उनीहरूको साथबाट सङ्कलन गरिएका २० थान पासपोर्ट समेत नियन्त्रणमा लिइएको हो । कन्सल्टेन्सीले कम्तीमा ५० हजारदेखि एक लाख अग्रिम असुल गरेको समेत पाइएको छ ।

सामाजिक सञ्जालमा गैर कानुनी रूपमा विज्ञापन प्रकाशन गरी ठुलो रकम असुली ती देशमा नेपाली कामदार पठाउने गरेको भन्ने उजुरी समेत विभागमा परेको थियो । उक्त कन्सल्टेन्सीहरूले टिकटक तथा फेसबुकको प्रयोग गरी गैर कानुनी रूपमा सूचना दिने गरेको र त्यही आधारमा लाखौं रुपैयाँ लिने गरेको पाइएको विभागले जनाएको छ ।

unimax 2

unimax 3

unimax