काठमाडौँ । वैदेशिक रोजगारीबाट फर्की नेपालमा उद्यम गरेका उद्यमीहरूलाई राष्ट्रिय पुरस्कारबाट सम्मानित गरिएको छ ।
आज मन्त्रालय आयोजित एक कार्यालय बीच आर्थिक वर्ष २०७९/०८० को लागि उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कारबाट अधिकाम्स युवा हरु सम्मानित गरिएको छ ।
कार्यक्रम मा बाराका सरोज कोइराला सम्मानित भएका छन् । बारा निजगढमा कुशल व्यवसाय परामर्श तथा तालिम केन्द्र सञ्चालन गर्दै आएका कोइरालालाई १ लाख १५ हजार रुपैयाँ राशिसहित सम्मानित गरिएको हो।
सातै प्रदेशबाट महेन्द्र बानिया, सुवर्ण पोखरेल, महेश ढकाल, निलराज फुयाँल, जितन्द्र बानिया, नवीन कुमार राई, मोहन कुमार कार्की र धनबहादुर धानुक रहेका छन्।
श्रम मन्त्रालयमा आयोजित कार्यक्रममा उनीहरूलाई पुरस्कार तथा सम्मानित गरिएको हो।
मन्त्रालयले २०७४ सालदेखि पुरस्कार प्रदान गर्दै आएको छ।