काठमाडौं- अर्थमन्त्री बर्षमान पुनले संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठकमा आज राजस्व तथा व्ययको अनुमानमाथि उठेका प्रश्नको जवाफ दिँदैछन्।
राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्न लागेको हो।
बैठकमा आर्थिक वर्ष २०८१–०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी रहने कार्यसूची रहेको छ।
आजको बैठकमा शोक प्रस्तावको कार्यसूची समेत रहेको छ। अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाका पूर्वसदस्य खगेन्द्र रेग्मी, संविधानसभाका पूर्वसदस्य सूर्यमान गुरुङ र प्रतिनिधिसभाका पूर्वसदस्य शैयद मेहराज अहमद शाहको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन्।