काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । शनिबार अपराह्न प्रधानमन्त्री प्रचण्ड र केही मन्त्रीहरूले पशुपतिनाथको दर्शन गरेका हुन् ।
सो अवसरमा प्रधानमन्त्री प्रचण्डलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, पशुपति क्षेत्र विकास कोषका पदाधिकारीलगायत व्यक्तिले स्वागत गरेका थिए ।
प्रधानमन्त्रीको साथमा अर्थमन्त्री प्रकाशशरण महत, पराराष्ट्रमन्त्री एनपी साउद, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेतलगायत मन्त्री र अधिकारी थिए ।
थप तस्बिर हेर्नोस्–
तस्बिरहरू : प्रधानमन्त्रीको सचिवालय ।