टी-२० विश्वकप : कुल १० रनमा आसिफ शेख आउट

काठमाडौँ : आईसीसी टी-२० विश्वकपअन्तर्गत नेपाल र नेदरल्याण्ड्सबीच भइरहेको खेलमा नेपालका ओपनर ब्याटर आसिफ शेखका रुपमा पहिलो विकेट खसेको छ।

आसिफले ८ बल खेलेर १ चौका हान्दै ४ रन बनाएर भिभियन किङमाको बलमा टिम प्रिंगलबाट क्याच आउट भए।

टस जितेर नेदरल्याण्ड्सले फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले ब्याटिङ गरेको हो। पानी परेर खेल मैदान भिजेका कारण खेल ढिलो शुरु भएको हो।

अमेरिकाको डलासस्थित ग्राण्ड प्रेयरी क्रिकेट मैदानमा स्थानीय समयअनुसार खेल विहान साढे १० (नेपाली समय अनुसार राति सवा ९) बजे शुरु हुने तालिका थियो।

‘ग्रुप अफ डेथ’ मानिएको समूह ‘डी’मा नेपाल र नेदरल्याण्ड्ससँगै, श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेश रहेका छन्।