भारतको अन्तिम चुनावी परिणाम-भारतमा भाजपा नेतृत्वको एनडीए गठबन्धनलाई बहुमत

नयाँदिल्ली–  भारतमा लोकसभाको सम्पूर्ण परिणाम आएको छ।  ​५४२ सिटको लागि भएको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी भाजपाले २ सय ४० सिटमा जित हासिल गरेको छ।

प्राप्त नतिजाअनुसार लोकसभाको कूल ५ सय ३४ सिटमध्ये बहुमतका लागि २ सय ७२ सिट आवश्यक भएकोमा भाजपाले २ सय ३४ मात्र सिट पाएको छ । भाजपा नेतृत्वको एनडीए गठबन्धनले भने २ सय ९२ सिट पाएको छ, जुन स्पष्ट बहुमत हो । एनडीएमा जेडीयुले १२ सिट तथा टीडीपीले १६ सिट पाएको छ ।

यता, विपक्षी कांग्रेसले ९९, समाजवादी पार्टीले ३७, तृणमुल कांग्रेसले २९ डीएमकेले २१ सिट पाएको छ भने बाँकी अन्य साना दल विजयी भएका छन् ।

अब प्रधानमन्त्री नरेन्द्र मोदीलाई सरकार बनाउन गठबन्धनका अन्य दलको सहयोग लिनुपर्ने भएको छ । उनले गत जनवरीमा एनडीएमा आएका बिहारका मुख्यमन्त्री नितिशकुमारको साथ लिनुपर्ने हुन्छ । नितिशकुमारको जेडीयुले बिहारमा १२ सिटमा जित हासिल गरेको छ भने भाजपाले पनि १२ सिट जितेको छ ।

यस्तै, एनडीएकै चन्द्रबाबु नायडुको तेलुगुदेशम पार्टीले १६ सिट जितेको छ । आन्ध्र प्रदेशमा तेलुगुदेशमले विधानसभाको १ सय ७५ सिटमध्ये १ सय ३५ सिटमा जित हासिल गरेको छ । केहीसमय अघिसम्म मोदी सरकारविरुद्ध मोर्चा बनाएका उनको हैसियत एनडीएमा महत्वपूर्ण हुने बताइएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले भाजपा नेतृत्वको एनडीएले लगातार तेस्रो सरकार बनाउने बताएका छन्।  लोकसभा चुनावको नतिजापछि यहाँ भाजपा केन्द्रीय कार्यालयमा पार्टी कार्यकर्ता र नेताहरूलाई  प्रधानमन्त्री मोदीले भने, ‘जनताले भाजपा र राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) लाई विश्वास गरेका छन्।’

सन् १९६२ पछि पहिलो पटक दुई कार्यकाल पूरा गर्ने सरकारले लगातार तेस्रो कार्यकाल पाएको छ दशकपछि ‘नयाँ इतिहास’ रचिएको धारणा राखे।

कांग्रेसले पनि सरकार बनाउने प्रयास गर्ने कि नगर्ने भन्नेबारे आजको बैठकपछि निर्णय लिने बताइएको छ ।