images

प्रचण्डको बधाईपछि मोदीको जवाफःनेपाल र भारतबीचको मित्रतालाई अझ बलियो बनाउने चाहना

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रो पटक प्रधानमन्त्री बन्न लागेकोमा बधाई दिएपछि भारतीय समकक्षी नरेन्द्र मोदीले नेपाल र भारतबीचको मित्रतालाई अझ बलियो बनाउने चाहना व्यक्त गरेका छन्।

१८औँ लोकसभा चुनावमा वाराणसीबाट मोदीले लगातार तेस्रोपटक जितेका छन् भने उनको पार्टी भाजपा नेतृत्वको गठबन्धन एनडीएले बहुमत ल्याएको छ।

यसरी लगातार तेस्रो कार्यकाल पनि प्रधानमन्त्री बन्न लागेका मोदीलाई प्रधानमन्त्री प्रचण्डले एक्समार्फत बधाई दिएका थिए।

सो पोस्ट सेयर गर्दै मोदीले लेखेका छन्, ‘प्रधानमन्त्री प्रचण्डजी, तपाईंको न्यानो शुभकामनाका लागि धन्यावाद। भारत–नेपालको मैत्रीपूर्ण सम्बन्धलाई मजबुत बनाउन निरन्तर सहयोगको अपेक्षा गरेको छु।’