images

ओलीले दिएको अभिव्यक्तिको रास्वपाका सांसद शिशिर खनाल द्वारा प्रतिवाद

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको सन्दर्भमा एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको रास्वपाका सांसद शिशिर खनालले प्रतिवाद गरेका छन् ।

उनले लामो समयदेखि महिला उन्मुक्ति, वर्गीय उन्मुक्तिको राजनीति सबै महिला पनि पुरुष बराबर हो भनेर गरेको होइन र रु भन्ने प्रश्न गरे ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा शून्य समयमा बोलेका खनालले ओली र श्रेष्ठको नाम त लिएनन् तर संविधानको अधिकार प्रयोग गरेर सुमनाले आफ्नो भूमिका लिएको स्मरण भने गराए ।

 

केही दिनअघि फरकफरक अभिव्यक्तिमार्फत् एमाले अध्यक्ष ओलीले सुमना श्रेष्ठले विदेशीसँग विवाह गरेको र घुम्दै आएर नेपालमा सांसद र मन्त्री भएको भनेका थिए ।

प्रतिनिधि सभामा खनालले सुमनाको भूमिकाको चर्चा गरेका थिए ।

‘विदेशमा उच्च शिक्षा हासिल गरेकी महिना नेतृ देश फर्किन् १० वर्षअगाडि । भूकम्पको बेला औषधि लिएर गाउँ पुगिन् । नाकाबन्दीका बेलामा ‘कार पुल’ भनेर सडकमा हिँडिरहेका मान्छेलाई यात्राको सुविधा प्रदान गरिन् । उद्यममार्फत् रोजगारी सिर्जना गरिन् । र राजनीतिमा आइन् । आज मन्त्री भइन्’, खनालको भनाइ थियो ।

उनले थपे, ‘उनलाई भर्खर घुम्दाघुम्दै आएर मन्त्री भएको छ भनेर भनिन्छ । कहिले लुगामा टिप्पणी गरिन्छ । कहिले समानुपातिक सांसद भनेर होच्याउने प्रयास गरिन्छ । कहिले यही सभाहलभित्र, कहिले बन्द कोठाभित्र ।’

सुमनाप्रति ओलीको अभिव्यक्तिको सार( महिलाको छुट्टै अस्तित्व हुँदैन