images

काठमाडौं उपत्यकालाई सांस्कृतिक सहर घोषणा गरौंः प्रमुख सचेतक परियार

काठमाडौं- सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले काठमाडौं उपत्यकालाई सांस्कृतिक सहरको रूपमा घोषणा गर्नुपर्ने बताएका छन्।

बुधबार सरकारले प्रतिनिधिसभामा पेश गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा उनले काठमाडौं उपत्यकालाई सांस्कृतिक सहरको रूपमा विकास गर्न आवश्यक रहेको बताए।

मुलुक आधुनिक विकासको ढाँचामा जाने हो भने शैक्षिक सहर, सांस्कृतिक सहर, आर्थिक सहरको रूपमा पनि घोषणा गरी सरकारले काम गर्नुपर्ने प्रमुख सचेतक परियारको भनाइ थियो।

उनले लामो संघर्षबाट प्राप्त राजनीतिक व्यवस्थामा सरकारले अर्थमा जोड दिएर काम गर्नुपर्ने बताए।

प्रमुख सचेतक परियारले सरकारले संघीयता कार्यान्वयनका क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको पनि बताए।