काठमाडौं : दक्षिणकाली नगरपालिका-८ दुईजनाको शव फेला परेको छ।
दक्षिणकालीस्थित केराबारी एक महिला र एक पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय फर्पिङकी हवल्दार श्रीमाया तामाङले जानकारी दिइन्।
उनीहरू धादिङ सिद्धलेक गाउँपालिका-५ भई भक्तपुर बस्ने रामचन्द्र खनाल र भक्तपुर बस्ने ३२ वर्षीया सविना राई भएको उनले जानकारी दिइन्।
घटनास्थल वरिपरि मोटरसाइकलका टुक्रा फेला परेकाले दुर्घटना भएको हुनसक्ने तामाङले बताइन्।
शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए।


लाल्टिन खबर 






