images

“गिरीबन्धुको फाइल खोल्न सक्नु हुन्छ ? सक्नु हुन्न ।” – महामन्त्री शर्मा

‘अदालतले निर्दोष सावित गरेपछि सन्दीपले विश्वकप खेल्न पाउनु पर्थ्याे’

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गिरीबन्धु प्रकरणको फाइल खोल्न गृहमन्त्रीलाई चुनौती दिएको छ । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले प्रतिनिधिसभाको विशेष समयमा सम्बोधन गर्दै यस्तो चुनौती दिएका हुन् ।

‘गृहमन्त्रीलाई सोध्न चाहन्छु, तपाईंले गिरीबन्धुको फाइल खोल्न सक्नु हुन्छ ? सक्नु हुन्न । बोल्न पनि सक्नु हुन्न ।’ शिक्षामन्त्रीका विषयमा यति ठूलो प्रश्न उठाउँदा पनि बोल्न नसकेको आरोप शर्माको थियो । शर्माले सहकारी प्रकरणमा गृहमन्त्रीको नाम नलेखिए पनि ठेगाना र सिम्बोल नम्बर लेखिएको उल्लेख गर्दै ढुक्क हुन आग्रह गरे ।

‘अदालतले निर्दोष सावित गरेपछि सन्दीपले विश्वकप खेल्न पाउनु पर्थ्याे’
कांग्रेसका महामन्त्री शर्माले अदालतले निर्दोष सावित गरेपछि सन्दीप लामिछानेले विश्वकप क्रिकेट खेल्न पाउनुपर्ने बताएका छन् । समयमै भिसाको वातावरण बनाउन सरकार चुकेको उनले आरोप लगाए । बिहीवार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा महामन्त्री शर्माले अदालतबाट निर्दोष सावित गरेको समयमै सूचित गर्न सरकार चुकेको बताएका हुन् ।

‘हिजो आरोप लागिरहेको बेला मैदानमा उत्रिन हुन्न भन्ने थियो, अदालतले निर्दोष सावित गरेपछि यसबेला सन्दीप विश्वकपमा खेल्नु पर्थ्यो, आफ्नो खेलाडीबारे अदालतको फैसला सूचित गरेर भिसाका लागि वातावरण बनाउन सरकारले उचित पहल गर्नु पर्दथ्यो । यसबारे सरकारको ध्यानाकर्षण गराउन चाहन्छु’ महामन्त्री शर्माले भने । विश्वकप आयोजक अमेरिकाले भिसा नदिएपछि सन्दीप विश्वकप खेल्न जान नपाएका हुन् ।