images
images

समाजवादी प्रेस सङ्गठन, नेपालको अध्यक्षमा विश्वमणि सुवेदी निर्वाचित

काठमाडौं । समाजवादी प्रेस सङ्गठन, नेपालको अध्यक्षमा विश्वमणि सुवेदी निर्वाचित भएका छन्।  यही जेठ २६ र २७ गते काठमाडौँमा सम्पन्न सो सङ्गठनको प्रथम राष्ट्रिय महाधिवेशनले सुवेदीलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

आइतबार बिहान  सम्पन्न अन्तिम मतपरिणामअनुसार सुवेदीले प्रतिस्पर्धी भूपराज खड्कालाई २८ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भए।

सुवेदीले एक सय ४७ मत प्राप्त गरी विजयी हुँदा खड्काले एक सय १९ मत प्राप्त गरेका थिए। अध्यक्षका अर्का प्रतिस्पर्धी राघव साहले १५ मत प्राप्त गरे।

यसैगरी खुला उपाध्यक्षमा नवराज छत्कुल्ली (एक सय ५०), महिला उपाध्यक्षमा अस्मिता गिरी (एक सय ७१), उपाध्यक्ष सुदूरपश्चिममा नरेन्द्र भट्ट (एक सय ७४) मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन समितिका सदस्य नारायण सुवेदीले जानकारी दिए।

त्यस्तै  उपत्यका उपाध्यक्षमा कृष्णराज गौतम, निर्वाचित वाग्मती उपाध्यक्षमा निर्वाचित ध्रुव रायमाझी, एशोशियट–प्रतिष्ठान उपाध्यक्षमा निर्वाचित तेजप्रसाद वाग्ले, प्रदेशगत उपाध्यक्षहरुमा निर्वाचितवतीर्थ सिग्देल, सुभाष साह, नरेन्द्र भट्ट  र महासचिवमा रामकुमार एलन  ,उपमहासचिवमा निर्वाचित प्रेम गौतम, प्रतिज्ञा बुढा मगर र लेखनाथ सिकारु , सचिवमा  अनिल शाही, शिवप्रसाद ढुंगाना र पूर्णबहादुर कार्की कान्ति न्यौपाने , प्रदिप नेपाली  कोषाध्यक्षमा निर्वाचित  कृपा भण्डारी लगायत निर्वाचित हुनु भएको छ ।