images

मन्त्रिपरिषद् बैठक: ११ देशका राजदूत फिर्ता बोलाउने निर्णयदेखी प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद‍्बाट स्वीकृत

काठमाडौ‌ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुने भएका छन् ।

आज बसेको मन्त्रीपरिषद्को बैठकले प्रधानमन्त्री प्रचण्डले भारतका प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोहमा सहभागिता जनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।

बैठकले सरकारले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिने, हेटौँडा सिमेन्ट उद्योगको अध्यक्ष पदमा नरेन्द्र भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको उनको भनाइ छ ।

सरकारले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको कार्यकारी निर्देशक पदमा तेजबहादुर राईलाई तोक्ने, जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४९ को उपदफा १ बमोजिम यसैसाथ संलग्न सूची बमोजिमका ५२ रोगहरूलाई सङ्क्रामक रोगमा सूचीकृत गर्ने गरेको छ ।

सरकारले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धकमा पदम वलीलाई नियुक्त गर्ने, मेलम्ची खानेपानी आयोजनाको नयाँ ह्याडवर्क, थप संरचना मेलम्ची नदीको माथिल्लो तटीय क्षेत्रको उपयुक्त स्थानमा निर्माण गर्न सैद्धान्तिक स्वीकृत दिने निर्णय गरेको छ ।

सरकारले भारत, अमेरिका, कतार, बेलायत, साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।