images

समाजवादी मोर्चाको पुनःगठन गरेर कति घटक हुन्छन्, सहकार्य गरेर जानेछौँ-माधव नेपाल

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तत्काल एमालेसँग एकताको सम्भावना नरहेको बताएका छन्।

शनिवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा नेकपा (एकीकृत समाजवादी) कोशी कमिटीद्वारा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका छन्।

उनले आफ्नो पार्टीप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल सकारात्मक रहेको बताए। उनले समाजवादी मोर्चाको पुनःगठन गरेर अघि बढ्ने सोच आफूहरुको रहेको र सोहीअनुसार अघि बढिरहेको बताए।

उनले भने, ‘मैले केपी ओली कमरेडसँगको भेटमा भनेको थिएँ। ल हेर्नुस्, प्रचण्डजीको भूमिका पोजेटिभ छ, तपाईंको पनि यस्तै पोजेटिभ हुनुपर्छ। उहाँ सुनेर बस्नुहुँदोरहेछ ज्यादा, चित्त नबुझेर होला, भित्रभित्रै मुर्मुरिएर पनि होला। मुर्मुरिने काम गर्नु हुँदैन। हिजोको कुरा पनि बिर्सौं ठीक छ, तर अहिले एमालेसँग एकताको कुनै सम्भावना देखिएन।  विगतको समीक्षा नगर्दा पनि त्यो देखिएको छैन।’

हामी छिटै समाजवादी मोर्चाको पुनःगठन गरेर कति घटक हुन्छन्, सहकार्य गरेर जानेछौँ,’ उनले भने।