images
images

लागुऔषध कारोबारीलाई पक्राउ गर्न सिनामंगलमा प्रहरीले चलायो गोली

काठमाडौंमा लागुऔषध ओसारपसारमा संलग्न गिरोह पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ।

लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले विमानस्थलको गेटनजिकै शम्भु मार्गमा लागुऔषध कारोबारी एक युवालाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको हो। सो क्रममा भाग्न खोज्ने ती युवकको बायाँ खुट्टाको घुँडामुनि गोली लागेको बताइएको छ।

प्रहरीले गोली लागेर घाइते भएका उनलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज पठाइएको प्रहरी स्रोतले बताएको छ।