images

मधेस प्रदेशको मुख्यन्यायाधिवक्तामा सुरेन्द्रकुमार महतो नियुक्त

जनकपुरधाम- मधेस प्रदेशको मुख्यन्यायाधिवक्तामा सुरेन्द्र कुमार महतो नियुक्त भएका छन्। मुख्मयमन्त्री सतिशकुमार सिंहको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम सिंहलाई बुधबार मुख्यन्यायाधिवक्तामा नियुक्त गरेकी हुन्।

मधेसको मुख्यन्यायाधिवक्तामा नियुक्त भएका महतो धनुषाको सबैला नगरपालिका वडा नं. ६ का बासिन्दा हुन्।

यसअघि नेपालको संविधानको धारा १६० को उपधारा (४) बमोजिम मुख्यन्यायाधिवक्ता विरेन्द्र कुमार ठाकुरले पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा मंगलबार स्वीकृत भएको थियो।