images

प्रभु बैंक र आगन्तुक रिसोर्टबीच छुट सम्झौता

काठमाडौं : प्रभु बैंकका कर्मचारी तथा ग्राहकवर्गहरूलाई धुलिखेलमा अवस्थित आगन्तुक रिसोर्टसँग विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ। एक समारोहबीच सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट बजार व्यवस्थापक दिना चित्रकार र बजार अधिकृत पुरण न्यौपाने तथा आगन्तुक रिसोर्टको तर्फबाट लेखा नियन्त्रक सुबोध भण्डारी र व्यवस्थापक सुवास कार्कीद्वारा हस्ताक्षर गरियो।

सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकवर्गहरूले बैंकसँगको आबद्धता प्रमाणका आधारमा रिसोर्टमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

चण्डेश्वरी, धनेश्वर, देवीस्थान, गौखुरेश्वर, नमोबुद्ध, बेथानचोक नारायण, गोसाईकुण्ड (काभ्रे) जस्ता प्रसिद्ध धार्मिक स्थल रहेको यस ठाउँबाट गणेश,जुगल जस्ता अन्य विभिन्न हिशृंखलाहरुको मनमोहक दृश्य अवलोकनसमेत गर्न सकिन्छ। काठमाण्डौको कोलाहल बाट केहीबेर बाहिर निस्कन र रमाईलो गर्नका लागि यो एक उत्तम स्थान हो।

आन्तरिक एवंम बाह्य पर्यटकका लागि काभ्रे जिल्ला अति उत्तम र रमणिय स्थलको रुपमा प्रख्यात छ। बिहानको सूर्यको उदयदेखि साँझको अस्थाएको सूर्यास्तको दृश्य अवलोकन मज्जाले गर्न सकिन्छ।

ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०३ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाखभन्दा बढि ग्राहक सेवा प्रवाह गर्दै अगाडि बढिरहेको छ।