images

नेपाल प्रहरी श्रीमती संघद्वारा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम संचालन सम्पन्न

कालिमाटी, २०८१ असार ०१ गते, शनिबार । नेपाल प्रहरी श्रीमती संघको आयोजना तथा अल्का अस्पताल प्रा.लि. जावलाखेल ललितपुरको प्राविधिक सहयोगमा प्रहरी वृत्त कालिमाटीमा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम संचालन गरिएको थियो ।

यस संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरज्यू प्रमुख अथिती रहनु भएको उक्त कार्यक्रममा यस संघका उपाध्यक्षज्यू, सल्लाहकारज्यू र कार्यसमितिका सदस्यज्यूहरु लगायत प्रहरी कर्मचारीज्यूहरुको उपस्थिती रहेको थियो ।