images
images

प्रहरी महानिरीक्षक परिवर्तन नहुने-प्रधानमन्त्री ‘प्रचण्ड’

चितवन, ३ असारः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले ल्याएको नीति कार्यक्रम तथा बजेट जनता र राष्ट्रको पक्षमा रहेको बताउनुभएको छ ।

आज भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्नुहुँदै उहाँले बजेट समग्रमा सन्तोषजनक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मलाई लाग्छ यो प्रतिनिधिसभाबाट पारित हुन्छ ।” सुशासन, न्याय र सामाजिक समृद्धिको क्षेत्रमा पनि थुप्रै सकारात्मक पहल भएको उहाँको भनाइ छ । “यो सन्तोषजनक छ ।राष्ट्र र जनताको अपेक्षा अनुसार अझै गति दिनुपर्छ भन्ने आवश्यकता म ठान्छु”, उहाँले भन्नुभयो । प्रहरी महानिरीक्षकको परिवर्तनका सन्दर्भमा प्रधानमन्त्री दाहालले कुनै परिवर्तन नहुने बताउनुभयो । उहाँले भन्नुभयो “मैले अस्तिको दिन मात्रै तीनैजना आइजिपिहरुलाई बोलाएर केही परिवर्तन हुँदैन तपाईहरु ढुक्कसँग काम गर्नुुस् भनिसकेको छु ।

त्यही गतिमा उहाँहरुले काम गर्नुभएको छ । यो हल्ला मात्रै हो ।”