images

प्रधानमन्त्री प्रचण्ड नैतिकताको आधारमा पदमा बसिरहन मिल्दैन : प्रभु साह

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री पुष्पकमल दाहालको नैतिकतामाथि प्रश्न उठाएका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकमा विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले सो टिप्पणी गरेका हुन् ।

अध्यक्ष साहले प्रधानमन्त्री दाहाल आफ्नो बोलीमा अड्न नसकेकाले पदमा बसिरहन नमिल्ने अवस्था आएको जिकिर पनि गरे ।
प्रधानमन्त्रीले संघमा ३ करोड भन्दा घटीको योजना रहँदैन भन्ने गरेपनि त्यो लागू नभएको उल्लेख गर्दै उनले आफ्नै कुरामा टिक्न नसक्ने प्रधानमन्त्रीले नैतिक रूपमा पनि पदमा बस्न नमिल्ने बताए ।

यस्तै, अध्यक्ष साहले नेपाली जनताले तिरेको कर पहुँचवालाको लागि मात्रै वितरण गर्ने काम गर्न नहुने बताए ।