images
images

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको नियमित बैठक अहिले ४ बजे बस्ने भएको हो ।

आजको बैठकमा मन्त्रालयका नियमित प्रस्ताव र निर्णयसँगै केही प्रशासनिक निर्णय हुन सक्ने बुझिएको छ । उच्च स्रोतले लाल्टिन लाई दिएको जानकारी अनुसार आज एक सचिवको राजीनामा स्वीकृत गर्ने या मुख्यसचिव नियुक्ती गर्ने दुई मध्य एक निर्णय हुनेछ ।

यसैगरी आजको बैठकमा राजदुत नियुक्ति सम्बन्धी विषयले पनि प्रवेश पाउन सक्ने बुझिएको छ भने केही सचिव सरुवाको निर्णय पनि हुनसक्छ ।