images
images

प्रधानमन्त्री मोदीको राजकीय भ्रमण महत्वपूर्ण हुनेछ’

वासिङ्टन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आगामी महिना हुने अमेरिकाको राजकीय भ्रमणले संयुक्त राज्य अमेरिका र भारतका जनताबीचको मैत्रीलाई अझ गाढा बनाउने र त्यो वास्तवमै महत्वपूर्ण हुने एक जना अमेरिकी कूटनीतिकज्ञले बताएका छन्।

अमेरिका–भारत व्यापार परिषद्ले वासिङ्टन डिसीमा आयोजना गरेको एक कार्यक्रममा भारतका लागि पूर्वअमेरिकी राजदूत अतुल केशपले भारतका प्रधानमन्त्रीको भावी भ्रमण मैत्री र विश्वासमा आधारित अमेरिका र भारतबीचको सम्बन्धलाई पारस्परिक साझेदारी अभिवृद्धि गर्न वास्तवमै महत्वपूर्ण हुने बताए । मोदीको अमेरिका भ्रमण दुवै देशका जनताबीचको सम्बन्धको प्रतिविम्ब भएको उनले बताए । अमेरिका र भारतबीचको साझेदारी लचिलो बनेको तथा पारस्परिक सम्बन्धमा धेरै परिवर्तन आएको उनले उल्लेख गरे ।