काठमाडौँ, ७ असार : नेपाली कांग्रेसले राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ, केन्द्रीय तदर्थ कार्यसमितिमा एक सय एक सदस्य मनोनयन गरेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले प्रकाश पन्थको अध्यक्षतामा गठित राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घमा विभिन्न अपाङ्गता भएका व्यक्तिहरुलाई आज सदस्यमा मनोनयन गर्नुभएको सो पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।