images

भारतसहित आठ देशमा राजदूत सिफारिस, कहाँ को ?

काठमाडौं, ७ जेठ । सरकारले छिमेकी देश भारतको राजदूतमा पूर्वमुख्य सचिव लोकदर्शन रेग्मीलाई सिफारिस गरेको छ ।आज (बिहीबार) बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न आठ देशका लागि राजदूत सिफारिस गरेको हो ।

अमेरिकाका लागि राजदूतमा चन्द्र घिमिरेलाई सिफारिस गरिएको छ । दक्षिण कोरियाका लागि सुशील प्याकुरेल र डेनमार्कका लागि सुम्निमा तुलाधर सिफारिस भएका छन् ।

त्यसैगरी, स्पेनका लागि पुष्पराज राजकर्णिकार, मलेसियाका लागि नेत्रप्रसाद तिमल्सेना, बेलायतका लागि डा विजन पन्त र साउदी अरबका लागि अबुसुफ्यान खान मुसलमान राजदूतमा सिफारिस भएका छन् ।