images
images

श्रम आप्रवासनका समाधानका निम्ति सामूहिक पहलमा जोड: मन्त्री भण्डारी [ प्रेस विज्ञप्ति सहित ]

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी आज जारी अन्तर्राष्ट्रिय श्रम सम्मेलन (आइएलसी) अन्तर्गत एसिया प्यासिफिक ग्रुपको श्रम मन्त्रीस्तरीय बैठकमा सहभागी हुनुभएको छ ।

बैठकलाई सम्बोधन गर्दै  मन्त्री भण्डारीले  कोभिड–१९ को महामारीका बेला जोखिममा परेका जनताको संरक्षणका लागि नेपाल सरकारले गरेका प्रयास बारे प्रकाश पार्नु भएको थियो ।

उनले विश्वव्यापी संकटका बेला श्रम आप्रवासन क्षेत्रमा देखिएका साझा चुनौतीहरूको सामना गर्न सामूहिक पहल गर्नुपर्नेमा पनि जोड दिए ।

त्यस्तै मन्त्री भण्डारीले संयुक्त अरब इमिरेट्सका मानव संशाधन तथा इमिरेटाइजेसन मन्त्री अब्दुलरहमान अब्दुलमन्नान अल अवर सङ  द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो । बैठकमा नेपाली आप्रवासी कामदारको समस्यामा विषयमा केन्द्रित थियो । 

त्यसै दिन साझ मन्त्री भण्डारीले स्विट्जरल्याण्ड सरकारद्वारा आयोजित कार्यक्रम मा सहभागी  प्रतिनिधि मूलका भेटघाट  कार्यक्रम मा सहभागी  हुनु भएको थियो।