images

हाम्रो जादूयी नम्बर छ अनेक गरेर मिलाइन्छ’, सरकारबाट हटाउन सजिलो छैन: प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौं -प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार पूरै कार्यकाल रहने बताएका छन् ।

शनिबारतामाङ राष्ट्रिय मुक्ति मोर्चाको शनिबार काठमाडौंमा आयोजित सातौं महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै प्रधानमन्त्री प्रचण्डले सरकार कति दिन टिक्छ भनेर चिन्ता नगर्न आग्रह गरे।

‘केही दिनपछि सरकार जाँदैछ रे भनेर तपाईं हाम्रो दिमागमा कन्फ्युजन क्रियट गर्ने पुरै कोशिश भएको छ। यो भन्न थालेको म प्रधानमन्त्री भएकै दिनदेखि हो । मैले नै पनि सबै मिलेर हामीलाई बस्न दिँदैनन् होला भन्थेँ। जति दिन बसिन्छ। भ्रष्टाचारका विरुद्ध, सामाजिक न्याय र समृद्धिको पक्षमा काम गर्ने हो भनेको, अहिले डेढ वर्ष भयो म बसेकै छु।’ उनले थपे, ‘मैले जे परिस्थिति देखेको छु तरिका मिल्यो भने पुरै अवधि बसिन्छ। ढुक्क भएर काम गर्नस्। हामीलाई हटाउन सजिलो छैन। इतिहासका कारणले, मुद्दाका कारणले र आन्दोलनका कारणले।’

‘अर्को हाम्रो जादुयी नम्बरका कारणले पनि कसैले हटाउन सक्दैनन्। थोरै भएर चिन्ता गर्नुपर्दैन। जादुवाला नम्बर छ हाम्रो। त्यो जादुले अनेक गरेर मिलाइहाल्छ।’ प्रचण्डले थपे, ‘तर हामी राजनीतिक दलसँग जे समझदारी गरेका छौं। त्यो प्रति इमान्दारपूर्वक नै कार्यान्वयन गर्नेछौं।’

उनले आफूहरूको संसदमा भएको (३२)सिट संख्याले पनि सरकारबाट कसैले हटाउन नसक्ने दाबी गरे।