images

दुई दलीय व्यवस्था नै उपयुक्त हुन्छ: नयाँ दलबाट केही हुँदैन:महासचिव पोखरेल

दाङ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले विकास र समृद्धिका लागि दुई दलीय व्यवस्था आवश्यक रहेको बताएका छन्।

लगातार दुई दलीय व्यवस्थाको वकालत गर्दै आएका नेकपा एमालेका महासचिव शंकर पोखरेलले दुईदलीय व्यवस्था भए मात्र देशको बिकास गर्न सकिने बताएका छन् । उनले त्यसका लागि  पुराना दलभित्र रहेका खराब प्रवृत्ति फाल्दै जानुपर्ने बताएका छन् ।

दाङका कम्युनिस्ट नेता श्रीमणि आचार्यको शालिक अनावरण समारोहमा सहभागी हुन दाङ पुगेका उनले धेरै राजनीतिक दल हुँदा अस्थिरता बढिरहेको भन्दै यसले बिकासलाई प्रभाव पारेको बताए ।

महासचिव पोखरेलले भने, ‘धेरै राजनीतिक दल भए अस्थिरता बढ्छ, जति धेरै दल रहन्छन्, त्यति धेरै अस्थिरता बढ्छ । त्यसैले दुईदलीय व्यवस्था नै उपयुक्त हुन्छ ।’

महासचिव पोखरेलले आजै तुलसीपुर उपमहानगरपालिका- ११ मालेडाँडामा राखिएको दाङका संस्थापक कम्युनिष्ट नेता स्वर्गीय श्रीमणि आचार्यको सालिक अनावरणसमेत गरेका छन्।