images

लुम्बिनीमा जसपा नेपालले लियो समर्थन फिर्ता

दाङ – लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन जनता समाजवादी पार्टी नेपालले फिर्ता लिएको छ।

आज एक विज्ञप्ति निकालेर पार्टी लुम्बिनी प्रदेशकी प्रमुख सचेतक अम्बिका काफ्लेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएकी छन्।

‘संविधानको धारा १८८ को उपधारा २ अनुसार प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिन सक्ने व्यवस्था छ । यसर्थ जसपा नेपाल लुम्बिनी प्रदेशसभा संसदीय दललाई सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन पार्टीले दिइसकेको छ,’ विज्ञप्तिमा उल्लेख छ । पार्टीका दुई जना प्रदेशसभा सदस्यमध्ये भण्डारीलाल अहिर र आदेश अग्रवालले भने अशोक राई नेतृत्वको जसपा रोजेका थिए । अहिर प्रदेश सरकारका कृषिमन्त्री छन् । यद्यपि यस दलको फुटबारे सर्वोच्चमा मुद्दा विचाराधीन अवस्थामा छ ।