images

दक्षिण कोरियाको राजदूतमा सिफारिस सुशील प्याकुरेलले गरे पद अस्वीकार

काठमाडौं – दक्षिण कोरियाको राजदूतमा सिफारिस भएका सुशील प्याकुरेलले पद अस्वीकार गरेका छन् । उनलाई सरकारले नेकपा एमालेको कोटाबाट गत शुक्रबार (असार ७) गते राजदूत सिफारिस गरेको थियो । ‘मेरो असन्तुष्टि हो, मैले कन्सल्ट गर्दैछु । केहीबेरपछि सबै कुरा थाहा पाउनु हुन्छ,’ प्याकुरेलले भने।

प्याकुरेल निकट स्रोतका अनुसार, राजदूत सिफारिसमा असन्तुष्टि जनाउँदै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयलाई पत्र बुझाइसकेका छन् ।

उनले सचिवालयमा पत्र बुझाउँदै भनेका छन्, ‘मलाई राजदूत सिफारिस गरेकोमा प्रधानमन्त्रीलाई धन्यवाद, तर मेरो रुचि र सहमति नभएकाले असमर्थ छु ।’‘यस सन्दर्भमा राजदूत नियुक्ति सम्बन्धी विगतमा सरकारले तय गरेको मापदण्ड र संसदीय सुनुवाईको औचित्य र राजदूतको कार्यकालका विषयमा समेत गम्भीर विमर्श आवश्यक देख्दछु।’